सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एथलेटिक्स : राष्ट्रिय कीर्तिमान तोड्दै अधिकारीलाई स्वर्ण पदक

आइतबार, ३० असोज २०७९, २० : ३३
आइतबार, ३० असोज २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज असोज ३० गते भएको एथलेटिक्स प्रतियोगितामा चार स्वर्णको छिनोफानो भएको छ । पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान तोड्दै स्वर्ण पदक जिते ।

पोखरा रंगशालामा भएको खेलमा अधिकारीले दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीलाई पछाडि पार्दै स्वर्ण जितेका हुन्। उनले एपिएफका धावक पार्कीले राखेको कीर्तिमानलाई भंग गरेका हुन्।

अधिकारीले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गरे । यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा सो कीर्तिमान पार्कीले  ३० मिनेट ३०.९९ को समयमा बनाएका थिए । दोस्रो स्थानमा सीमित भएको पार्कीले उक्त दुरी ३० मिनेट ३८.३२ सेकेन्डमा पुरा गरेका थिए । आर्मीका राजेन्द्र राईले ३० मिनेट ४९.५० सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप