आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य सामान्य बढ्यो

सोमबार, ३१ असोज २०७९, १२ : ०३
सोमबार, ३१ असोज २०७९

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । आइतबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । –न्युज कारखाना


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप