आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंकको ब्याजदर नबढ्ने

सोमबार, ३१ असोज २०७९, ११ : ००
सोमबार, ३१ असोज २०७९

कात्तिक महिनाका लागि बैंकको ब्याजदर नबढ्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी कात्तिक महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेको हो । अघिल्लो महिना अर्थात् भदौ मसान्तमा संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै छाडिदिने निर्णय गरेको थियो । जसअनुसार बैंकहरुले असोज महिनाका लागि आफुखुशी निक्षेपको ब्याजदर १० प्रतिशतले बढाएका थिए । 

बढेको ब्याजदर अनुसार हाल बैंकिङ ब्याजदर अधिकतम १३.१३ प्रतिशतसम्म पुगेको छ । यद्यपि, केही बैंकहरुले भने १५ प्रतिशतसम्म पुर्याएको र कर्जाको ब्याजदर १८ प्रतिशत माथि पुगेको भन्दै यता उद्योग व्यवसायीहरुले विरोध जनाइरहेका छन् । 

उसो त बैंकहरुले ब्याजदर बढाएपछि आक्रोशित भएका व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गरेपछि अर्थमन्त्री जनार्दन शर्माले ११ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका थिए । तर, उक्त समितिले ब्याजदर वृद्धि जायज भएको भन्दै बजार महँगी (मुद्रास्फीति) लाई नियन्त्रणमा राख्न पनि ब्याजदर वृद्धि गर्नु उचित भएको रिपोर्ट बुझाएको थियो । अन्ततः ब्याजदर घटाउन सरकारले कसरत गरेपनि नघट्ने भएको छ ।

संघको पछिल्लो निर्णयले कात्तिक महिनाका लागि पनि बैंकिङ ब्याजदर १२.०३ प्रतिशत कायम हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप