सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुबईमा प्रस्तुति दिँदै नेपथ्य

सोमबार, ३१ असोज २०७९, १६ : १४
सोमबार, ३१ असोज २०७९

महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ । आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुँदैछ । चाडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको समेत संगीतमय कोशेली बोकेर ब्याण्ड त्यसतर्फ जानलागेको हो ।

विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबई सहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको ब्यापारिक केन्द्र पनि हो । यस सहरमा आयोजित अघिल्ला कन्सर्टहरूको बेला अन्य इमिरेट्सहरु विशेषगरि अबुधाबी, शारजहा र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए । अघिल्ला पटकझैं यसपाला पनि दुबइस्थित ‘अल नासेर लिजरल्याण्ड’ मै ब्याण्ड प्रस्तुत हुँदैछ ।

‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुनेगरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबई आउँदैछौँ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरू यसपटक प्राथमिकतामा परेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप