सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१२ वर्षदेखि फरार अभियुक्त पक्राउ

सोमबार, ३१ असोज २०७९, १६ : ३८
सोमबार, ३१ असोज २०७९

भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस-२ कोइला बस्ती (हालको घोराही उपमहानगरपालिका-१९) बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) कैद सजाय फैसला भएको थियो ।

त्यसबेलादेखि हालसम्म फरार रहेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । प्रेमबहादुर रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगमचोक भक्तपुरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउपछि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । रानालाई अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौ चलान गरेको उनले जनाए ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप