सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेन्जिमालाई बालोन डि ओरको अवार्ड

मङ्गलबार, ०१ कात्तिक २०७९, ०६ : ०३
मङ्गलबार, ०१ कात्तिक २०७९

रियल मडिडका फरवार्ड करिम बेन्जिमाले बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् । फ्रान्सेली खेलाडी बेन्जिमाले पहिलो पटक बालोन डि ओरको अवार्ड जितेका हुन् ।  उनले यो सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताउन सहयोग गरेका थिए । 

बेन्जिमाले यो सिजन ४६ खेलमा ४४ गोल गरेका थिए । गत सिजन लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए । बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । 

बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित भयो । गत वर्ष गरेको प्रदर्शनमा आधारमा बालोन डि ओरको विजेता घोषणा गरिएको हो ।  यस्तै उत्कृष्ट गोलरक्षकको अवार्ड थिबाओ कोर्टुवाले पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप