सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवौं खेलकुद : महिला म्याराथनमा गण्डकीकी विन्द्राले जितिन स्वर्ण

मङ्गलबार, ०१ कात्तिक २०७९, १० : ४१
मङ्गलबार, ०१ कात्तिक २०७९

विभागीय टोली नेपाल एपीएफ क्लबकी विन्द्रा धन्के श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी छन् । विन्द्राले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

त्यस्तै त्रिभुवन आर्मी क्लबकी विश्व रुपा बुढाले निर्धारित दुरी ३ घण्टा ३५ सेकेन्डमा पुरा गर्दै रजत पदक जितिन् । नेपाल पुलिस क्लबकी रेखा विष्टले निर्धारित दुरी ३ घण्टा १ मिनेट ३५ सेकेन्डमा पुरा गर्दै कास्य पदक जितिन् । 

यसै विधामा पुरुषतर्फ अनिश थापा मगरले जितेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप