गुरुत्वाकर्षणले फेरिरहेको छ गोलो धर्तीको आकार, अब स्याउ जस्तो देखिँदैन पृथ्वी : नयाँ अनुसन्धान
पृथ्वीको निर्माण गुरुत्वाकर्षणका कारण भएको हो । एउटा स्थानमा गुरुत्वाकर्षणले सबै कुरा आफूतिर तान्न सुरु गर्यो । यो क्रमशः गोलो बन्दै गयो । एउटा यस्तो गोलो जोसँग आफ्नै गुरुत्वाकर्षण छ जसका कारण धर्तीको चारैतिर एउटा म्याग्नेटिक फिल्ड छ । यसकै कारण जीवन छ । तर यहि गुरुत्वाकर्षणले लगातार धर्तीको सतह फेरिरहेको छ । यो कुराको खुलासा एक नयाँ अनुसन्धानमा भएको हो । गुरुत्वाकर्षणले कसरी पृथ्वीलाई गहिराइदेखि माथिल्लो सतहलाई हल्लाइरहेको छ ।
धर्तीको गुरुत्वाकर्षणले लगातार यो ग्रहमा परिवर्तन गरिरहेको छ । यसका कारण पृथ्वीको माथिल्लो सतह अर्थात् क्रस्टमा धेरै नै अन्तर आइरहेको छ । पहाडको बेल्ट नष्ट भइरहेका छन् । पृथ्वीको सतहभन्दा करिब २४ किलोमिटर मुनी भएका पत्थरहरु बाहिर निस्किरहेका छन् । यस्तो ढाँचा बनिरहेका छन् जसलाई मेटामर्फिक कोर कम्प्लेक्सेस भनिन्छ । मेटामर्फिक कोर कम्प्लेक्सेस बन्ने प्रक्रियालाई थुप्रै पटक बुझाउने कोसिस गरियो तर यसका भिन्न–भिन्न परिभाषा आइरहे । यो बन्ने रहस्य थप गहिरिँदै गयो ।
वैज्ञानिकले यसपटक दुई मेटामर्फिक कोर कम्प्लेक्सेसलाई चुने – अमेरिकाको फिनिक्स र लस भेगास । किनभने यी दुबै प्राचिन पहाडका बेल्ट नष्ट भएपछि बनेका हुन् । वैज्ञानिकले मेटामर्फिक कोर कम्प्लेक्सेसको कारण के हुन् भनेर पत्ता लगाएका छन् । किनभने यस्ता घना कम्प्लेक्सेस बन्ने गर्छन् तर ती आफ्नो सतही जडबाट छुटिन्छन् जसका कारण यस्ता ठाउँमा प्रकोप बढी आउन सक्छ । खतरनाक अवस्था आउँछ ।
धर्तीको माथिल्लो सतहबाट जड टुट्नुको अर्थ ठूलो विपत्ति आउनु हो किनभने हल्का क्रस्ट पहाडको बेल्ट मुनी घना हुन्छ । यसले भारी मेन्टल हटाएर आफ्नो ठाउँ लिने गर्छन् । यो पूरा प्रक्रियामा गर्मी पैदा हुन्छ । फ्लुड मुभमेन्ट हुन्छ । पत्थर पग्लिन्छ जसका कारण पहाडका जड पनि नष्ट हुन्छ । यो टुट्ट थाल्छ । छरिने गर्छ । पूरा बेल्ट नै नष्ट हुने गर्छ । तब फिनिक्स र लस बेगस शहरको मुनी मेटामर्फिक कोर कम्प्लेक्स बन्छन् ।
मेटामर्फिक कोर कम्प्लेक्सेसमाथि बसेका शहरमा भूकम्पजस्ता प्राकृतिक प्रकोपको खतरा बढी रहन्छ किनभने धर्तीभित्र गहिराइबाट आउने गुरुत्वाकर्षणको शक्ति र बाहिर हुने जलवायु परिवर्तनले कुनै पनि ल्याण्डस्केपलाई बिगार्न सक्छ । यसले स्तनधारी जीवको रहन–सहनलाई परिवर्तन गर्न सक्छ । धर्तीमा दबिएर बसेका जिवाश्म खराब हुन सक्छन् । अर्थात्, तपाईंले यो बुझ्नुहोस् कि धर्तीको माथिल्लो सतहलाई हल्लाएर राख्न सक्छ ।
नेचर कम्युनिकेशनमा प्रकाशित यो अनुसन्धानले बताउँछ कि गुरुत्वाकर्षणको हेरफेरका कारण धर्तीमाथि विभिन्न खालका परिवर्तन भइरहेका छन् । यो लगातार भइरहेको छ । यसको गति निकै सुस्त छ, त्यसैले यो स्पष्ट रुपमा देख्न सकिँदैन । तर जब कुनै ठूलो प्राकृतिक घटना हुन्छ तब यी कुरा पनि थाहा हुन थाल्छ जस्तै कुनै पहाड नै नहुनु, ठूलो भूकम्प आउनु । टेक्टोनिक प्लेटोको एक–आपसमा भिड्नु ।