सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुण्डा नाइके ‘राधे’ सहित ४ जना धादिङबाट पक्राउ

मङ्गलबार, ०१ कात्तिक २०७९, १९ : २३
मङ्गलबार, ०१ कात्तिक २०७९

गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधेसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ सदरमुकामको  अस्पताल चोकस्थित बीचबजारमा भिम बहादुर गुरुङलाई खुकुरी प्रहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

मंगलबार ना.८७ प १९५० नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय गुरुङलाई ३९ वर्षका भण्डारीसहित ६ जनाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले खुकुरी प्रहार गरेको उजुरी गरेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले रातोपाटीलाई जानकारी दिए ।

गुण्डा नाइके राधे तरुण दलको उपाध्यक्ष हुन् ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप