केपी ओलीले जनतासँग प्रत्यक्ष टेलिफोन कुरा गर्ने
मङ्गलबार, ०१ कात्तिक २०७९, १९ : ३३
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ मा सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोनमा संवाद गर्ने भएका छन् । मंगलबार आफ्नो फेसबुक पेजमा अध्यक्ष ओलीले ‘कात्तिक ४ गते, म तपाईको सम्पर्कमा हुनेछु । आउनुस् कुरा गरौं’ भनेर लेखेका छन् ।
उनले आफूसँग कुरा गर्न चाहनेलाई आफ्नो फेसबुक पेजको म्यासेज बक्समा नम्बर म्यासेज गर्न अनुरोध समेत गरेका छन् । मंसिर ४ को निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू जनतासँग नजिकिने प्रयासस्वरुप सामाजिक सञ्जालमा सक्रिय देखिन थालेका छन् ।