आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा चार आतङ्ककारी मारिए

मङ्गलबार, ०१ कात्तिक २०७९, २१ : ४८
मङ्गलबार, ०१ कात्तिक २०७९

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खारान जिल्लामा प्रहरीले गरेको आतङ्कवाद विरोधी अभियानमा चार जना आतङ्ककारी मारिएका छन् । सिटिडीका अनुसार जिल्लामा आतङ्ककारी गतिविधि गर्ने योजनामा रहेका आतङ्ककारीहरू रहेको सूचनाका आधारमा उक्त अपरेशन गरिएको हो ।

उक्त क्षेत्रमा प्रहरी पुग्दा आतङ्ककारीहरूले अन्धाधुन्ध गोली प्रहार  गरेका थिए जसको जवाफी कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् । झण्डै एक घण्टासम्म चलेको गोली हानाहानमा चार आतङ्ककारी मारिएका हुन् । 

मारिएका आतङ्ककारीहरूबाट हातहतियार, गोली र विस्फोटक पदार्थ बरामद भएको र आतङ्ककारी सञ्जालका बाँकी सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप