सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आर्मीका सोम र एपीएफकी  फुलमतीलाई ८ सय मिटर दौडमा स्वर्ण

बुधबार, ०२ कात्तिक २०७९, १० : १४
बुधबार, ०२ कात्तिक २०७९

विभागीय क्लब त्रिभुवन आर्मी क्लबका सोम कुमाल र एपीएफ क्लबकी फुलमती रानाले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा स्वर्ण जितेकी छन् । 

बुधबार भएको दौडमा १ मिनेट ५४.०८ सेकेन्डमा समय निकाल्दै स्वर्ण जिते । रजत जितेका नेपाल पुलिसका तेजबहादुर कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड निकाल्दै रजत पदक जित्दा सुनिल सुनार १ मिनेट ५५.५२ सेकेन्ड समय निकाल्दै कास्य पदक जिते । 

महिलातर्फ फुलमतीले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् ।  आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डको समय निकाल्दै रजत जित्दा २ मिनेट ३०.४८ सकेन्ड समय निकाल्दै आर्मीकी रेखा लिम्बुले कास्य जितिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप