सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कामको मूल्याङ्कनका आधारमा भोट दिनुहोस् : नेता राई

बुधबार, ०२ कात्तिक २०७९, ११ : ४३
बुधबार, ०२ कात्तिक २०७९

जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ। बुधबार बिहान नेपालगन्जका भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो। 

जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राई आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन्।

त्यसक्रममा उम्मेदवार राईले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरेका थिए। घरदैलोका क्रममा स्थानीयले उम्मेदवार राईलाई स्वागत  गर्दै जितको शुभकामना पनि दिएका थिए।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप