सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीसँग कुरा गर्न १ लाख १३ हजारले दिए नम्बर

बुधबार, ०२ कात्तिक २०७९, १६ : ५४
बुधबार, ०२ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा कुरा गर्न एक लाख १३ हजार जनाले नाम र फोन नम्बर पठाएका छन् । 

अध्यक्ष ओलीले मंगलबार साँझ कात्तिक ४ गते आफुसँग टेलिफोनमा संवाद गर्न चाहने सर्वसाधारणलाई फोन र नाम पठाउन आफ्नो फेसबुकमार्फत आव्हान गरेका थिए ।  ओलीले बुधबार पौने चार बजे हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएको भन्दै उत्साहपूर्ण सहभागिताले खुसी भएको बताएका छन् । 

‘हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताले खुसी छु । धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं । नाम र नम्बर त टिपाउनु भयो नि ?’, उनले नाम र नम्बर टिपाउने समय थप गर्दै बिहीबार दिउँसो १२ बजेसम्म रहेको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप