कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिमा थप सदस्यहरु मनोनयन
बुधबार, ०२ कात्तिक २०७९, २० : ११
नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप सदस्यहरु मनोनयन गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन परिचालन समितिमा ७४ सदस्य मनोनयन गरेका हुन् ।
उनले कांग्रेसको विधान अनुसार नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका थिए ।