सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कामपाको जमिन कृषि र गैरकृषि गरी दुई किसिमबाट वर्गीकरण हुने

बुधबार, ०२ कात्तिक २०७९, २२ : २२
बुधबार, ०२ कात्तिक २०७९

काठमाडौँ महानगरपालिकाले भूउपयोग कार्यान्वयन उपसमिति गठन गरी  कृषि र गैर कृषि गरी जमिनलाई दुई क्षेत्रमा छुट्याउने भएको छ ।  आज कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको भूउपयोग कार्यान्वयन समितिको संयुक्त बैठकले उपसमिति गठन गरेको हो । गठित उपसमितिमा वडाध्यक्ष संयोजक रहने र वडासदस्य सदस्य रहनेछन् । बैठकले उपसमितिलाई आफ्नो वडामा भएको जमिनलाई कृषि र गैर कृषि क्षेत्रमा वर्गीकरण गर्ने जिम्मेवारी दिइएको छ ।
भूउपयोग ऐन, २०७६ को व्यवस्थाअनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषदमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेछन् । कामपाको यसअघि भएको आठौँ कार्यपालिका बैठकले नानीबाबु दाहाल, चन्द्रप्रसाद घिमिरे, बिना बुद्धाचार्य र रजनी दाहाललाई कार्यान्वयन समितिको सदस्यसहित समिति गठन गरिसकेको छ ।  

कार्यक्रममा प्रमुख साहले उपसमितिमार्फत तत्कालका लागि जमिनलाई कृषि र गैर कृषि गरी दुई क्षेत्र छुट्याउन आग्रह गरे । कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कार्यान्वयन उपसमितिबाट आएको सिफारिस बारेमा कार्यान्वयन समितिमा छलफल गरिने र कार्यान्वयन समितिबाट पेश भएको अवस्थाका विषयमा स्थानीय भूउपयोग परिषदमा छलफल गरेर निर्णय हुने बताए ।

ऐनमा सांस्कृतिक तथा पुरातात्विक महत्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यावसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्ने प्रबन्ध पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप