आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाटन दरबार क्षेत्रमा चीनबारे फोटो प्रदर्शनी, तस्बिरहरू

बिहीबार, ०३ कात्तिक २०७९, १६ : ००
बिहीबार, ०३ कात्तिक २०७९

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनको अवसरमा फ्रेन्डस् अफ सिल्क रोड क्लब–नेपालले बिहीबार ‘चीनको अद्भुत दशक’ नामक एक दिने फोटो प्रदर्शनीको आयोजना गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गरिएको सो प्रदर्शनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै पर्यटन मन्त्री श्रेष्ठले यस प्रकारको प्रदर्शनीले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ पार्ने जिकिर गरेका थिए । त्यस्तै नेकपा मालेका महासचिव सीपी मैनालीले चीनले हासिल गरेको सफलताको बारेमा चर्चा गरेका थिए । प्रदर्शनीबाट चीनले चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको उपलब्धि र विकासबारे नेपाली जनतालाई जानकारी दिने उद्देश्य लिइएको क्लबका अध्यक्ष डा. कल्याण शर्माले बताए । 

प्रदर्शनीमा चीनको भौतिक निर्माण, ग्रामीण विकास, तिब्बतमा भइरहेको विकास, चीनको स्वास्थ्य सेवा, नेपालाई चीनको सहयोग, राष्ट्रपति सी जिनपिङका भनाई, चीनको आर्थिक विकास लगायत विषयबारे जानकारी दिइएको छ । हेरौँ केही तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप