सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लोकप्रिय एप हाम्रो पात्रो १३ औँ वर्षमा प्रवेश

बिहीबार, ०३ कात्तिक २०७९, ११ : २२
बिहीबार, ०३ कात्तिक २०७९

सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रो स्थापनाको १३ औँ वर्षमा प्रवेश गरेको छ ।  एक करोड भन्दा बढी पटक डाउनलोड भएको एप आज हरेक नेपालीमा लोकप्रिय बन्न सफल भएको छ ।  
हाम्रो पात्रोका फाउण्डर शंकर उप्रेती हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको बताउँछन् ।  

१२ औं वार्षिकोत्सवको अवसरमा उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने,  ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ । म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार ब्यक्त गर्दछु। यी डाउनलोडका संख्याहरु हाम्रा लागि विश्वास र सहयात्री हुन्। हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्दै गयौँ र हाम्रो पात्रोको १२ औँ वर्षसम्म यो यस यात्रामा हामी यहाँहरु सबै जनालाई हार्दिक साधुवाद गर्छौँ ।  अझै सयौँ वर्षसम्म डिजिटल र अर्थपूर्ण सहयात्रा गर्ने वाचा गर्न चाहन्छौँ ।' 

सन् २०१० मा iOS मा रिलिज गरिएको पात्रो क्रमशः सन् २०१२ मा Android मा रिलिज भएको थियो। उप्रेतीले नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको सानो जमर्को आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउ देखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान , रेमिटेन्ससम्मका अनेक सुविधा सम्पन्न मोबाइल सहयात्री बनिसकेको छ। 

सन् २०१५ मा १० लाख भन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्षदेखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो । सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात गरेको थियो । 

यसैगरी सन् २०१९ मा हाम्रो पात्रोबाटै मोबाइल रिचार्ज सेवा  प्रदान गरिएको थियो भने सन् २०२० मा इ-कमर्स पनि जोड्दै २०२१ मा रेमिटेन्स र टेली हेल्थ सुविधा पनि थपेको थियो । यसैगरी  सन् २०२२ मा 'हाम्रो पे' पनि थप्दै हाम्रो पात्रो एउटा सब थोक भएको विश्वासिलो र नेपाली मोबाइल सहयात्री बन्न सफल भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप