सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मंसिर ४ को आमनिर्वाचन : नयाँ अनुहारको चर्चा

बिहीबार, ०३ कात्तिक २०७९, २२ : ०२
बिहीबार, ०३ कात्तिक २०७९

आगामी मंसिर ४ मा हुने आम निर्वाचन नजिकिँदै गर्दा नयाँ अनुहार उम्मेदवारमा मतदाताको चासो बढेको छ ।  पुराना उम्मेदवार भन्दा नयाँ अनुहारमा मतदातामा चासो बढेको हो । यस्तैमा काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ कुन्तीदेवी पोखरेलले उम्मेदवारी दिएकी छन् ।  पोखरेलले राप्रपाबाट आफ्नो उम्मेदवारी दिएकी हुन् । महिला उम्मेदवार त्यसमाथि युवा भएकाले चुनाव प्रचारप्रसारका क्रममा आफ्नो पक्षमा मतदाता आकर्षित भएको उनको दाबी छ । 

समाजसेवा र व्यवसायबाट राजनीतिमा आएकी पोखरेलले त्यस क्षेत्रमा पोखरेलले समाजसेवामार्फत जनताका सुख दुःखमा सहयोगी हात अगाडि बढाउँदै आएकी छन् । पोखरेल सोही क्षेत्रकी स्थानीयवासी हुन् । निर्वाचन क्षेत्र परिवर्तन गरेर बाहिरबाट आएका नेताले त्यस क्षेत्रमा विकास निर्माणका काम नगरेकाले पनि स्थानीय उम्मेदवारको आकर्षण बढेको उनको दाबी छ । 

 काठमाडौं २ मा १ प्रतिनिधिसभा सदस्यका लागि १० स्वतन्त्रसहित ३० जनाले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा कुन्तीबाहेक सत्ता गठबन्धनबाट पूर्वसभामुख समेत रहेकी माओवादी नेतृ ओनसरी घर्ती र एमालेबाट मणिराम फुयाँलको उम्मेदवारी छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालका गोपाल बहादुर टन्दुकार, नेपाल मजदुर किसान पार्टी अनिल श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधुसुदन पुडासैनी, जनमत पार्टी गणेशप्रसाद पुडासैनी, मौलिक जरोकिलो पार्टीका लक्ष्मण पोखरेल, हाम्रो नेपाली पार्टी कोषराज सुवेदी, पुनर्जागरण पार्टी नेपालका बिजेन्द्र बस्नेत, नेपालका लागि नेपाली पार्टीका राममणि नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश बास्तोला, मंगोल नेशनल अर्गनाइजेसनका सीता तामाङ, गान्धीवादी पार्टी नेपाल विदुरप्रसाद सिंखडा, राष्ट्रिय जनमुक्ति पार्टीका चिरञ्जिवी राई, कांग्रेस (बीपी) का हेमविक्रम सिल्वाल, नेपालवादका  ईश्वर गौतम, विवेकशील साझा पार्टी धनेज थापा, सचेत नेपाली पार्टी पुण्यप्रसाद प्रसाई र राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतमले उम्मेदवारी दिएका छन् ।

यस्तै  स्वतन्त्रमा काशिराज पुडासैनी, अनुप बोहरा, प्रकाश अधिकारी, विनोदप्रसाद घिमिरे, प्रकाश अधिकारी, भगवती ढकाल, दिनेश खडका, बलराम चौलागाई, कृष्ण अधिकारी र कृष्णराम पुरीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप