सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेका ३१ जना पक्राउ

शुक्रबार, ०४ कात्तिक २०७९, १४ : ४०
शुक्रबार, ०४ कात्तिक २०७९

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका  ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ९ सय रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । चितवनको भरतपुर महानगरपालिका–१६ सानोगढीस्थित मीत बा खाजा घर एण्ड कटेजमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले नगद १ लाख ३९ हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । कैलालीको टिकापुर नगरपालिका–८ बनगाउँस्थित जितु कटेजमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ४ सय रुपैयाँ र २ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।-न्युज कारखाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप