वैज्ञानिकले पत्ता लगाए आकाशगंगाको प्राचीन ‘मुटु’
आकाशगंगा (ग्यालेक्सी) को उत्पत्तिबारे शोध गरिरहेका खगोल भौतिकविद् (एस्ट्रोफिजिसिस्ट) ले सायद हाम्रो आकाशगंगाको ‘मुटु’ पत्ता लगाएका छन् । यो मुटु अर्थात् प्राचिन न्युक्लियस हो जसको चारैतिर यसका सबै तारा र ग्रह विकसित भएका छन् ।
धनु नक्षत्रमा अवस्थित हाम्रो ग्यालेक्सीको सबैभन्दा पुरानो ताराहरुमध्ये १८ हजार, ग्यालेक्सी प्रोटोग्यालेक्सीका हुन् । यो युवा आकाशगंगाको सुरुवाती तारा बनाउने ग्यास र धुलोको एउटा मुख्य पुञ्ज हो जुन १२५० करोड वर्षभन्दा पनि पुराना हुन् ।
शोधकर्ताले के पत्ता लगाए भने यो हाम्रो आकाशगंगाको कुल द्रव्यमानको अनुमानित ०.२ प्रतिशत हो । यो ग्रुपको चारैतिर आकाशगंगा विकसित भएको छ । शोधको नतिजा प्रिप्रिन्ट सर्भर arxiv मा प्रकाशित गरिएको छ र हाल यसको पियर रिभ्यु भने हुन बाँकी छ ।
तारहरुको यो प्राचीन ग्रुप पत्ता लगाउनका लागि खगोलविद्हरुले युरोपेली अन्तरिक्ष एजेन्सीको गैया अब्जरभेटरीको डाटामाथि फोकस गरे । यो १,६३० किलोको स्पेसक्राफ्ट हो जसलाई सन् २०१३ मा लञ्च गरिएको थियो । यसको लक्ष्य मिल्की वेको सबैभन्दा विस्तारित र सटिक नक्सा बनाउनु थियो ।
जर्मनीको हिडलबर्गमा म्याक्स प्लेङ्क इन्स्टिच्युट फर एस्ट्रोनोमीका खगोलशास्त्री र शोधका मुख्य लेखक हेन्स–वाल्टर रिक्सका अनुसार सबैभन्दा पुरानो तारा आकाशगंगाको एकदमै केन्द्रमा भएको मान्यता लामो समयदेखि रहँदै आएको थियो । अब आफूहरुले यसलाई ठूलो संख्यामा देखाएको उनले बताएका छन् ।
उनले भने, ‘हाम्रो आकाशगंगाको प्राचीन मुटुको खोजी सबैभन्दा बढी भीड भाडयुक्त क्षेत्रबाट सुरु भयो । यसमा सबैभन्दा सानो ताराको उमेर आकाशगंगाको समान नै छ जुन १३ सय करोड वर्ष पुरानो छ ।’
आकाशगंगामा कम धातुको तारा पनि साना आकाशगंगा (ड्वार्फ ग्यालेक्सी) बाट आएका होलान् जो जीवनभरी हाम्रो आकाशगंगामा टुट्ने र विलिन हुने गर्दथे । शोधकर्ताहरुले अन्तरिक्षमा ती ताराको पथको जाँच गरे र आकाशगंगाका कम धातुयुक्त क्षेत्रमा नगएका तारामाथि मात्रै ध्यान दिए । यस्तो गरेर शोधकर्ता ती तारालाई अलग पार्न सके जसले साना ग्यालेक्सीबाट आएका ताराबाट आकाशगंगाका प्राचिन मुटु बनाएका थिए ।
शोधकर्ताका अनुसार यी ताराको जनसंख्या हाम्रो सूर्यभन्दा ५ देखि २० करोड गुना विशाल छ । गहु्रँगा तारा, साना ताराको तुलनामा तीब्र रुपमा मर्छन्, बाँकी भएका तारा सूर्यभन्दा औसत करिब १.५ गुणा हल्का हुन्छन् । यी तारा एकपटक जन्म लिएपछि कुल तारकीय द्रव्यमानको लगभग आधा हिस्सा बन्छन् । त्यसैले करिब आधा तारा आजसम्म जीवित छन् ।
Mysterious 'ancient heart' of the Milky Way discovered using Gaia probe https://t.co/KV8mxy35uR pic.twitter.com/XbcMPMpCG3
— SPACE.com (@SPACEdotcom) October 14, 2022
यो प्राचीन मुटु भेटिएपछि अर्को एउटा कुरा सार्वजनिक भएको छ, त्यो के हो भने साना आकाशगंगा एकसाथ विलय हुँदा पनि आकाशगंगाको केन्द्रमा ताराको घना समूहले के बताउँछ भने यसको कोरमा अन्य आकाशगंगा ठोक्किँदा कुनै असर परेन ।