आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले भने –लालसलाम पनि हामी, जय नेपाल पनि हामी, अभिवादन पनि हामी हौं !

शुक्रबार, ०४ कात्तिक २०७९, १६ : २१
शुक्रबार, ०४ कात्तिक २०७९

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु अति आवस्यक रहेको बताएका छन् । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलिका दिनमा पनि गठबन्धनकै सरकार बन्ने बताए । 

‘पार्टीले यो गठबन्धन बचाउनु अति आवस्यक छ । यसमा कुनै शंका उपशंका गर्ने ठाउँ दिनुहुँदैन । अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ’, देउवाले भने, ‘ गठबन्धनको खिलाफमा एउटा तागत लागिरहेको छ, भन्न थालिसके  राजावादी तागत नै राष्ट्रवादी हो रे ।’

उनले हामी को अराष्ट्रवादी छौं यहाँ ? भन्दै प्रश्न समेत गरे । ‘लडेर ल्याउने हामी, अनि हामी नै अराष्ट्रिय हुनसक्छ ? त्यसकारण राजावादी राष्ट्रवादी होइनन् । राष्ट्रवादी पनि हामी हौं, लोकतन्त्रवादी पनि हामी हौं, समाजवादी पनि हामी हौं’, प्रधानमन्त्री देउवाको भनाइ छ । 

उनले भने, ‘लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं ।’ अभिवादन पनि हामी हौं । गठबन्धनलाई कुनैपनि बहानामा शंका उपशंका गराउनहुने र अझै १०, १५ वर्ष किटाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप