सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

शनिबार, ०५ कात्तिक २०७९, ०९ : ५९
शनिबार, ०५ कात्तिक २०७९

कपिलवस्तुको बाणगङ्गामा सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार मध्यराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते सशस्त्र प्रहरी जनक चौधरी र रमेश चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उपरीक्षक घलेले पुष्टि गरे । यो संगै मृतकको संख्या ४ पुगेको छ भने घाइते ३ जनाको उपचार भइरहेको छ । यसअघि शुक्रबार साझ नै चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयबासी अमर तङनामीको मृत्यु भएको थियो ।

शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका वडा नं. ३ सिउटीमा सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को ट्रक अनियन्त्रित हुँदै दुर्घटनामा परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप