सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

शनिबार, ०५ कात्तिक २०७९, ११ : ४७
शनिबार, ०५ कात्तिक २०७९

मकवानपुरको बागमती गाउँपालिका–५ को झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना १ ह ५८५५ नं को अटो र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–१००१ क ४१३ नं को ट्रक एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

बागमती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेको सो अटोलाई ट्रकले ठक्कर दिँदा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते तीन जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मृतक बागमती गाउँपालिका–८ बस्ने वर्ष ५८ को रामबहादुर गोले रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप