आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओली हटाएको गुन तिर्नुपर्‍यो  :  माधव नेपाल

शनिबार, ०५ कात्तिक २०७९, १२ : ५५
शनिबार, ०५ कात्तिक २०७९


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले पुर्याएको गुन तिर्नुपर्नेमा जोड दिएका छन् । विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले बेठीक मान्छेको हातमा पुगेको देशलाई संकटबाट बचाउन नयाँ जोखिम लिएको बताए । उनले लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन आफूले त्याग गरेको र देशलाई जोगाएको बताए ।

उनले शेरबहादुर देउवा र  प्रचण्डले गरेको संघर्षलाई पनि बर्सन नहुने बताए  । उनले भने, ‘ शेरबहादुर र  प्रचण्डले गरेको संघर्षलाई पनि बर्सन हुँदैन । अहिले अर्को गठबन्धन बनाइएको छ । त्यो प्रतिगामी गठबन्धन हो । त्यसो भएको हुनाले सत्ता गठबन्धन एकताबद्ध भएर दृढताका साथ अगाडि बढ्नुपर्छ ।’

गठबन्धनको उद्देश्य सत्ता मात्रै नभएको उनले बताए । उनले भने, जनतालाई लुटौँ भन्ने होइन । त्यसको विरोध गरेरै हामीले गठबन्धन बनाएका हौं । ००७ साल, ०४७, ०६२–०६३ मा काँग्रेससँग कम्युनिष्ट मिलेरै प्रगति गरिएको भन्दै उनले सत्ता गठबन्धन स्वभाविक गठबन्धन भएको हो । यो गठबन्धन प्रगतिशील गठबन्धन हो ।’

अध्यक्ष नेपालले चुनावपछि घोषणा पत्रका आधारमा काम गर्ने प्रतिवद्धता समेत जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप