आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मैले त हँसिया हथौडामा भोट हालिसकेँ : प्रधानमन्त्री देउवा

शनिबार, ०५ कात्तिक २०७९, १३ : २७
शनिबार, ०५ कात्तिक २०७९

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसादले पनि शान्ति सम्झौता गर्दा नै भोट हालिसकेको बताए ।

उनले रूख भएको ठाउँमा रूखमा नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत दिन नकारात्मक नहुन आग्रह गरे । आफूहरू (सबै पार्टी सत्ता गठबन्धन) मिलिसकेको बताउँदै लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन गठबन्धनलाई भोट दिन कार्यकर्तालाई उनले आग्रह गरे ।

ओलीले पनि गठबन्धन गरेकोले आफूहरूले गरेको गठबन्धन संविधान र लोकतन्त्रको पक्षमा रहेकोमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप