सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारले न्यायालयको हुर्मत लियो : केपी ओली

शनिबार, ०५ कात्तिक २०७९, १४ : ३२
शनिबार, ०५ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् । एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वेच्छाचारी व्यवहार देखाएको बताएका हुन् । उनले अहिलेका जस्तो अवस्था पञ्चायत कालमा समेत नभएको उनले दाबी गरे । 

कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई घरमा थुनछेकको मात्रै होइन उनका छोरी बुहारी र भतिजीहरूलाई समेत घरबाट निस्कन नदिएको र निस्किए हिरासतमा लिने गरेको आरोप लगाए । उनले भने, ‘यी सबै व्यवस्थाको अन्त्यका लागि ४ मंसिरको निर्वाचनबाट स्थायित्व दिने सरकार चयन हुनुपर्छ । देश हार्ने या जित्ने यही दिन निर्णय हुन्छ ।’

उनले यो निर्वाचन सार्थक निर्वाचन हुने विश्वास व्यक्त गरे । उनले कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई पनि स्वागत गरेका छन् । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप