सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘डिसेम्बर फल्स’ को फर्स्टलुक सार्वजनिक

शनिबार, ०५ कात्तिक २०७९, १५ : १९
शनिबार, ०५ कात्तिक २०७९

प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म पुष १५ गते देशव्यापी प्रदर्शन हुने छ । 

निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । सार्वजनिक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्काेमा अभिनेत्री उपासना एकल रुपमा प्रस्तुत भएका छन् । अभिनेता आर्यन केही समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’ मार्फत पर्दामा छाउँदैछन् भने उपासना पछिल्लो समयकी सर्वाधिक सफल हिरोइन हुन् । 

प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन र उपासनासँगै सुमन थापा रोहित, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप