सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

शनिबार, ०५ कात्तिक २०७९, १८ : ०५
शनिबार, ०५ कात्तिक २०७९

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् ।  कास्कीको पोखरा महानगरपालिका-११ फुलबारी घर भई सोही महानगरपालिका-९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार १ सय ३० रुपैयाँ र ५२ पत्ती तास सहित पक्राउ गरेको हो ।

यता कञ्चनपुरको भिमदत्त नगरपालिका-१९ बागफाटा बस्ने ३६ वर्षीय दानी रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा  दानी समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार १ सय १२ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो । 

डडेल्धुराको अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित दोस्ती वाइन सप (होटल)मा जुवातास खेलिरहेको अवस्थामा सोही सपका सञ्चालक ३७ वर्षीय गंगा दत्त भट्ट सहित ६ जनालाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त सपमा जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ७० रुपैयाँ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप