बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

सोमबार, १० पुस २०७४, ०६ : २२
सोमबार, १० पुस २०७४

आजको राशिफल

बि.स.२०७४ पौष १० गते । सोमबार । ईश्वी सन् २०१७ डिसेम्बर २५ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष शुक्ल पक्ष । तिथि सप्तमी ३६ घडी १५ पला,बेलुका ९ बजेर २४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र पूर्वाभाद्रपदा,३४ घडी ५८ पला,बेलुका ५३ बजेर ०६ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग व्यातिपात ५० घडि ५५ पला । करण गर,बिहान ९ बजेर २१ मिनेट उप्रान्त वणिज,बेलुकी ९ बजेर २४ मिनेट उप्रान्त भद्रा । 

 

आनन्दादिमा मुसल योग । चन्द्रराशि कुम्भ,दिउसो २ बजेर ४४ मिनेट उप्रान्त मिन ।  क्रिश्चियनहरूको क्रिसमस डे।

काठमाडौंमा सूर्योदय ६ बजेर ५४ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर १४ मिनेट जादा । दिनमान २५ घडी ५० पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मध्यान्ह सम्म लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानिसँग सम्बन्धित कामहरुबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । मध्यान्हबाट खर्च भावमा जाने चन्द्रमाले  स्वास्थ्य सम्बन्धि समस्या आउने हुनाले  खानपानमा ध्यान दिनुहोला ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आज गरिएको लगानि फस्टाएरु जने हुँनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुँनुहुँन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुँने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुँनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुँन सक्छ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउँनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले धर्म सस्कृति तथा रितिरिवाजको जगेर्ना गर्ने काममा मन जानेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  जीवन साथिको सहयोगमा लामो तथा छोटो दुरिको यात्रा हुनेछ । भौतिक तथा शिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । मध्यान्हबाट  पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेत । प्रेममा धोका हुँने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाब हुने तथा जीवन साथि सँग अबिश्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्दै हनुहुन्छ भने केहि समय पर्खन नै उचित हुनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउँन सकिनेछ भने शिक्षा क्षेत्रको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुँने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारि तथा दैनिका कामगर्दा ध्यान दिनहोला अप्रिय निर्णयको शिकार होईयला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु गर्न सकिने छैन । घर परिवार तथा आफन्त बिच मनमुुटाव बढने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्नेछ । भौतिक सम्पति तथा अन्य बिलाशी बस्तुहरु लाभ हुने योग रहेकोछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । साझपख आफन्त तथा आमा सँग बिवाद हुने ग्रहयोग रहेकोछ ध्यान दिनुहोला  । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानिका स्रोतहरु जुट्नुको साथै भावि दिनहरुमा आम्दानि भईरहने व्यापार व्यावसाय शुरु गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै बिशिष्ट मानिसहरुलाई प्रभावित गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन गर्ने अवसर प्राप्त हुँनेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने दाम्पत्य जीवन सौहार्दपुर्ण बाताबरणमा बित्नेछ । अध्यानमा मन जानेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनिति तथा समाजसेवमा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्सित गर्न सकिनेछ । नयाँ योजना बनाई महत्वकाक्षी योजना सार्वजनिक गरे नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुँनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउँन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । लामो दुरिको बिदेश यात्राको योग रहेकोछ भने बिदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा सुधार भएर जानेछ भने प्रतिष्ठित काम गर्ने अवसर आउँने हुँनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप