आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओली हिटलरझैं पतन भएर जान्छन् : माधव नेपाल

सोमबार, ०७ कात्तिक २०७९, १४ : ३८
सोमबार, ०७ कात्तिक २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओली पतन भएर जाने दावी गरेका छन् । ओलीलाई हिटलरसँग तुलना गर्दै अध्यक्ष नेपालले उनी पनि पतन भएर जाने बताएका हुन् ।

सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै उनले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिगमनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकतावद्ध हुन सत्तारुढ गठबन्धनका नेताहरुलाई पुनः आग्रह समेत गरे ।

संविधानलाई धुजा धुजा पार्ने, गणतन्त्रलाई नै समाप्त पार्ने ओली प्रवृत्तिलाई समाप्त पार्न पनि सत्तारुढ गठबन्धनले एकतावद्ध भएर आगामी निर्वाचनमा विजयी हासिल गर्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो । अध्यक्ष नेपालले ओलीले संविधान, कानुन समेत कुल्चने काम गरेकाले त्यसलाई जोगाउनका लागि सत्तारुढ गठबन्धन बनेको दोहो¥याउँदै त्यसलाई कायमै राखेर अघि बढ्नुपर्ने समेत बताए । 

अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनले जनतालाई ठग्ने काम मात्रै गरिरहेको आरोप समेत लगाए । उनले ओली नेतृत्वको सरकारले मुलुकलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको उल्लेख गर्दै त्यस्ता खालको गतिविधि गर्नेलाई राष्ट्रियताको हिमायती भन्न नसकिने जिकिर समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप