आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जेरार्डको स्थानमा एम्री भिल्लाको नयाँ म्यानेजर नियुक्त

मङ्गलबार, ०८ कात्तिक २०७९, १० : ३२
मङ्गलबार, ०८ कात्तिक २०७९

प्रिमियर लिग क्लब एस्टन भिल्लाले उनाई​ एम्रीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । स्टेभन जेरार्ड बर्खास्तीमा परेसँगै क्लबले आर्सनलका पूर्व म्यानेजरलाई नियुक्त गरेको हो ।

स्पेनिस क्लब भिल्लेरियालको नेतृत्वसमेत सम्हालेका एम्रीले नोभेम्बर १ देखि क्बलको नेतृत्व सम्हाल्ने छन् । फुलहमसँग ३–० को हार बेहोरेसँगै क्लबले गत हप्ता जेरार्डलाई बर्खास्त गरेको थियो । उनको स्थानमा हाल एरन डांक्सले अन्तरिम रुपमा क्लबको नेतृत्वमा सम्हालिरहेका छन् । 

९ सयभन्दा बढी खेलमा म्यानेजरका रुपमा काम गरेका एम्रीले आर्सनललाई युरोपा लिगको फाइनलसम्म पुर्‍याएका थिए । सेभिया र पेरिस सेन्ट जर्मेनमा रहँदा उनले धेरै सफलता हात पारेका थिए । सेभियासँग उनले सन् २०१३ देखि २०१६ सम्म लगातार ३ वटा युरोपा लिगको उपाधि जितेका थिए भने पीएसजीसँग लिग वानको उपाधिसँगै दुई फ्रेन्च कप, दुई फ्रेन्च लिग कप र दुई ट्रफीस डेस च्याम्पियन्सको उपाधि जितेका थिए । 

सन् २०२० मा भिल्लेरियालसँग आबद्ध भएका उनले क्लबलाई सन् २०२०–२१ को युरोप लिगको उपाधि दिलाएका थिए । स्पेनिस क्लब गत वर्षको च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप