आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुनः प्रशिक्षणमा फर्कँदै जिदान

मङ्गलबार, ०८ कात्तिक २०७९, १० : ४१
मङ्गलबार, ०८ कात्तिक २०७९

जिनेदिन जिदानले पुनः प्रशिक्षणमा फर्कने सङ्केत गरेका छन् । लामो समयदेखि जिदान पुनः डगआउटमा फर्कनेबारे विभिन्न आङ्कलनहरू भइरहेका छन् । उनले अन्तिम पटक रियल मड्रिडको नेतृत्व सम्हालेका थिए । सन् २०२१ मा क्लब छाडे यता उनी प्रशिक्षणबाट टाढा रहँदै आएका छन् । 

तर अब खेल प्रेमीहरूले त्यसका लागि लामो समय पर्खनु नपर्ने हुनसक्छ । पेरिसमा आरएमसी स्पोर्टसँग कुराकानी गर्दै पुनः क्लबको व्यवस्थापनमा फर्कने सङ्केत गरेका हुन् । उनले भने, ‘म चाँडै फर्कने छु । केही समय पर्खनुपर्छ । तर चाँडै नै । म प्रशिक्षणमा फर्कनु लामो समय छैन ।’

रियलमा रहँदा पूर्व फ्रेन्च खेलाडीले लगातार तीनवटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए । दोस्रो पटक रियलको प्रशिक्षणमा फर्कँदा उनले युरोपियन उपाधि नजिते पनि क्लबमा घरेलु लिगको उपाधि दिलाएका थिए ।
गोल डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप