सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुपर कम्प्युटरभन्दा कम छैन हाम्रो दिमाग, क्वान्टम कम्प्युटरले झैँ गर्छ काम

मङ्गलबार, ०८ कात्तिक २०७९, १२ : ५८
मङ्गलबार, ०८ कात्तिक २०७९

जर्नल अफ फिजिक्समा हालै प्रकाशित शोधका अनुसार ट्रिनिटी कलेज डबलिनका वैज्ञानिकको एक टिमले मानव मस्तिष्क र यसको कामकाजबारे जान्नका लागि क्वान्टम ग्राभिटीको उपस्थिति देखाउनका लागि बनाइएको एक कन्सेप्टलाई रुपान्तरण गरेको छ । यो शोधपछि वैज्ञानिकहरु के निष्कर्षमा पुगेका छन् भने हाम्रो दिमागले क्वान्टम कम्प्युटेशनको प्रयोग गर्न सक्छ ।

दिमागको काम कारवाही र सचेत जागरुकता र शर्ट टर्म मेमोरी फङ्सनबीच सम्बन्धले के पत्ता लाग्छ भने क्वान्टम प्रोसेस पनि संज्ञानात्मक (कग्निटिभ) र सचेत मस्तिष्कको कामकाज (कन्सियस ब्रेन फङ्सनिङ) को एउटा हिस्सा हो  ।

यदि टिमको निष्कर्षको पुष्टि गरिने हो भने हाम्रो दिमागले कसरी काम गर्छ भन्ने कुरा बुझ्न सजिलो हुन्छ । साथै, यसलाई कसरी संरक्षित गर्न सकिन्छ वा यसलाई कसरी मर्मत गर्न सकिन्छ । उनीहरुले सायद उत्कृष्ट प्रविधिबारे पत्ता लगाएर थप उत्कृष्ट क्वान्टम कम्प्युटर बनाउने दिशामा पनि काम गर्न सक्छन् ।

ट्रिनिटी कलेज इन्स्टिच्युट अफ न्युरोसाइन्सका मुख्य फिजिसिस्ट तथा शोधका लेखक डा. क्रिश्चियन केर्सकेन्स भन्छन्, ‘हामीले क्वान्टम ग्राभिटीको उपस्थितिलाई प्रमाणित गर्नका लागि हाम्रो मान्यता यो हो कि तपाईं ज्ञात क्वान्टम सिस्टम लिनुहुन्छ, जसले एक अज्ञात सिस्टमसँग अन्तरक्रिया गर्छ । यदि ज्ञात सिस्टम अल्झिन्छन् भने अज्ञात सिस्टम क्वान्टम सिस्टम नै हुनुपर्छ ।’

उनले थपे, ‘हामीले हाम्रो परीक्षणका लागि ज्ञात सिस्टमको रुपमा ‘ब्रेन वाटर’ को प्रोटन स्पिनको प्रयोग गर्यौँ । ‘ब्रेन वाटर’ हाम्रो दिमागमा स्वाभाविक रुपमा तरल रुपमा बन्छ र प्रोटिन स्पिनलाई एमआरआईको मद्दतले मापन गर्न सकिन्छ । त्यसपछि, उल्झिएको स्पिन खोज्नका लागि एक विशेष एमआरआई डिजाइन प्रयोग गरेर, हामीले एमआरआई सिग्नल पायौँ जुन मुटुको धड्कनबाट पैदा हुने क्षमता, ईईजी सिग्नलकै रुपमा हेर्छ । ईईजी इलेक्ट्रिकल ब्रेन करेन्टलाई मापन गर्छ ।’

डा. केर्सकेन्सका अनुसार यदि उल्झन नै यहाँ एकमात्र स्पष्टिकरण हो भने यसको अर्थ यो हुनेछ कि मस्तिष्कको प्रक्रियाले न्युक्लियर स्पिनसँग अन्तरक्रिया गरेको होला । यसको नतिजा यो हो कि मस्तिष्कलाई ती क्रियाकलापका लागि क्वान्टम हुनुपर्छ । किनभने यो ब्रेन फङ्सन शर्ट टर्म मेमोरी परफर्मेन्स र कन्सियस अवेरनेससँग पनि जोडिएका थिए, त्यसैले यो मान्न सकिन्छ कि ती क्वान्टम प्रोसेस हाम्रो कग्निटिव र कन्सियस ब्रेन फङ्सनको एक महत्वपूर्ण हिस्सा हो ।

डा. क्रिश्चियन केर्सकेन्सका अनुसार क्वान्टम ब्रेन फङ्सनले बताउन सक्छ कि विशेष परिस्थितिमा जब हामी निर्णय लिने वा केही नयाँ सिक्नेबारे कुरा गर्छौँ, तब हामी कहिलेकाँही सुपर कम्प्युटरभन्दा पनि उत्कृष्ट प्रदर्शन गर्छौँ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप