सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रामेछापमा बसको ठक्करबाट महिलाको मृत्यु

मङ्गलबार, ०८ कात्तिक २०७९, १२ : ५८
मङ्गलबार, ०८ कात्तिक २०७९

रामेछापको मन्थली नगरपालिका–१४ स्थित फुलासीमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुलासी घर भएकी करिब ५० वर्षीया चन्द्र कुमारी परियार छन् । 

मन्थलीबाट देउराली तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ख २२९५ नम्बरको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  सोही बसमा सवार परियारलाई फुलासी पोखरीमा ओर्लने क्रममा बसको चक्काले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । 

बस चालक र बसलाई नियन्त्रणमा लिएर प्रहरी चौकी फुलासीमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप