सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ताराको निर्देशनमा सर्ट फिल्म ‘धुकधुकी’

मङ्गलबार, ०८ कात्तिक २०७९, १५ : ०६
मङ्गलबार, ०८ कात्तिक २०७९

 गीतकार तारा अधिकारीको निर्देशन रहेको  सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ । वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथखोज्दा पनि नपाएको कथा फिल्ममा समेटिएको छ । फिल्मले विदेशिएको सन्तानको यादको पिडामा बाच्ने आमाबुबाको कथा पनि भनेको छ । 

रोगले ग्रस्त बाबुको परदेसिएको छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टिका लगाउने बहिनीको चाहना, श्रीमानसँगै सुखदुःख साट्ने श्रीमतीको चाहना र घरका सबै जनाको सुःख हेर्ने आमाको चाहना पुरा नभएको बिषय समेत फिल्मले देखाएको छ । 
२० मिनेटको फिल्म सुवास प्रसाद गजुरेल, हिउबाला गौतम, किशोर विश्वकर्मा, बसुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बालकलाकार रियांसी थापाको अभिनय छ । शिव ढकालको छायांकन, नहकुल खड्कोको सम्पादन रहेको फिल्मको पोष्टप्रोडक्सन चन्द्र विनायक फिल्मस्ले गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप