सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धादिङमा दुर्घटना गराएका भारतीय युट्युबर जट्ट प्रभाज्वतको प्रहरी निगरानीमा उपचार हुँदै

बुधबार, ०९ कात्तिक २०७९, २१ : ५६
बुधबार, ०९ कात्तिक २०७९

धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराएका भारतीय युट्युबर प्रभाज्वत सिंहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतलामा प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ । 

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१  को मोटरसाइकलले ठक्कर दिँदा मंगलबार धादिङको गजुरी बजारमा एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गजुरी गाउँपालिका–१ स्थित नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धिताल छन् । 

दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको बारे प्रहरीले जट्ट प्रभाज्वतलाई सवारी ज्यान मुद्दा चलाउने भएको छ । उपचार सकिएपछि उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) श्याम खत्रीले रातोपाटीलाई जानकारी दिए । 

 


 

प्रभाज्वत भारतको नयाँ दिल्लीका हुन् । दुर्घटनामा परेर मृत्यु भएका धितालको शव अम्बेभरोसा अस्पतालमा गल्छीमा राखिएको छ । जट्ट प्रभाज्वत नामले परिचित छन् ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप