आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लाइपजिगसँग रियलको हार

बुधबार, ०९ कात्तिक २०७९, १० : ४४
बुधबार, ०९ कात्तिक २०७९

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा पराजित भएको छ । बुधबार भएको खेलमा रियल आरबी लाइपजिगसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

लाइपजिगलाई जित दिलाउन जोको गाभार्डिलो, क्रिस्टोफर कुन्कु र टिमो वार्नरले एक–एक गोल गरे । यता रियलका लागि भिनिसिउस जुनियर र रोर्डिगोले एक–एक गोल गरे ।

यता बेन्फिकासँग पराजित भएको युभेन्ट्स समूह चरणबाटै बाहिरिएको छ । युभेन्ट्स बेन्फिकासँग ४–३ गोल अन्तरले पराजित भएको हो । युभेन्ट्सले ५ खेलमा ३ अंक जोडेको छ । बेन्फिकाले ५ खेलबाट ११ अंक जोडेर अन्तिम १६ मा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप