आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयरल्यान्डद्वारा इङ्ग्ल्यान्डलाई १५८ रनको लक्ष्य

बुधबार, ०९ कात्तिक २०७९, १२ : ११
बुधबार, ०९ कात्तिक २०७९

आईसीसी टी–ट्वान्टी क्रिकेट अन्तर्गत सुपर १२ को दोस्रो खेलमा इङ्ग्ल्यान्डलाई १५८ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आयरल्यान्डले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५७ रन बनायो । 

आयरल्यान्डका लागि कप्तान एन्डी बाल्ब्रीनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलका उनले ५ चौका र २ छक्का प्रहार गरे ।  त्यस्तै लोर्कान टुकेरले ३४ रन बनाउँदा कुर्टिस कासफरले १८ रन जोडे । 

बलिङतर्फ मार्क उड र लिम लिभिङस्टनले तीन–तीन विकेट लिए । त्यस्तै साम करनले दुई विकेट लिँदा वेन स्टोकले एक विकेट लिए ।  आजको खेलमा जित निकाल्दै दुबै टोली अघिल्लो चरणमा आफूलाई स्थापित गर्ने योजनामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप