सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

परिवार नियोजनको साधन प्रयोग गर्नेमा सबैभन्दा धेरै प्रदेश ३ का महिला

कुन प्रदेशका कति महिलाले परिवार नियोजनको साधन प्रयोग गर्छन्  ?
सोमबार, १० पुस २०७४, १३ : ०२
सोमबार, १० पुस २०७४

काठमाडौँ । प्रदेश अनुसार हेर्ने हो भने परिवार नियोजनको साधन प्रयोग गर्ने महिलाको संख्या प्रदेश नम्बर ३ मा धेरै रहेका छन् । यसैगरी सबैभन्दा कम परिवार नियोजनको साधन प्रयोग गर्नेमा प्रदेश नम्बर ४ का महिलाहरु रहेका छन् । सबैभन्दा धेरै प्रयोग गर्ने प्रदेश ३ मा ४९ प्रतिशत महिलाहरु रहेका छन् । 
प्रदेश नम्बर ४ का ३७ प्रतिशत महिलाले साधन प्रयोग गर्दै आइरहेका छन् ।

नेपाल जनसांख्यिकी तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ ले देखाए अनुसार प्रदेश नम्बर १ मा ४० प्रतिशत, प्रदेश नम्बर २ मा ४२ प्रतिशत, प्रदेश नम्बर ५ मा ३९ प्रतिशत, प्रदेश नम्बर ६ मा ४५ प्रतिशत र प्रदेश नम्बर ७ का ४८ प्रतिशत महिलाले परिवार नियोजनको साधन प्रयोग गर्दै आइरहेको देखियो । 

तथ्याङ्क अनुसार सात वटानै प्रदेशमा परिवार नियोजको साधन प्रयोग गर्ने महिलाहरुको संख्या निकै कम देखिएको छ ।  

सन् १९९६ मा परिवार नियोजनको साधन प्रयोग गर्नेमा २७ प्रतिशत रहेको थियो । नेपालमा झण्डै ५८ वर्ष अघिदेखि परिवार नियोजनको साधन प्रयोगमा ल्याइएको जनाइएको छ । महिलाको कुल जनसंख्या मध्ये १५ देखि ४९ वर्षका ५३ प्रतिशत मात्रै महिलाले साधन प्रयोग गर्ने गरेका छन् । प्रयोग गरेको मितिले ६ दशक पुग्न लाग्दा अझै प्रयोग नगर्नेमा ४७ प्रतिशत महिला रहेका छन् ।

नेपालमा परिवार नियोजनको साधनको माग गर्ने संख्या ७६ प्रतिशत रहेको छ । तर, माग भन्दा २३ प्रतिशत कम साधन प्रयोग भएको देखिन्छ ।    

५३ प्रतिशतमा पनि ४३ प्रतिशतले आधुनिक सधान तथा सेवा र १० प्रतिशतले परम्परागत विधिको प्रयोग गरीरहेका देखिन्छ । सबैभन्दा धेरै प्रयोग हुने साधन तथा सेवामा महिला बन्ध्याकरण १५ प्रतिशत ३ महिने सुई ९ प्रतिशत पुरुष बन्ध्याकरण ६ प्रतिशत, खानेचक्की ५ प्रतिशत, इम्प्लान्ट प्रयोग गर्नेमा ३ प्रतिशत र आई.यू.सी.डी प्रयोग गर्ने १ प्रतिशत रहेको छ । 

साधन प्रयोग गर्नेमा ३४ प्रतिशत महिला एस.एल.सी वा सो भन्दा बदी शिक्षा हासिल गर्ने छन् भने    निराक्षरको संख्या महिलाहरुले २५ प्रतिशत रहेको छ । 
सरकारको सर्वेक्षण हाल भएका बच्चा बाहेक अरु जन्माउन नचाहने ६१ प्रतिशत महिलाहरु रहेका छन् । 

परिवार नियोजनको साधनको माग सन् १९९६ मा ६१, सन् २००१ मा ६७, सन् २००६ मा ७३, सन २०११ मा ७७ र २०१६ मा ७६ प्रतिशत माग रहेको छ । 
माग अनुसार २४ देखि ३२ प्रतिशत अपुग हुँदै आइरहेको सर्वेक्षणमा उल्लेख गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप