आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रभु साहलाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउने औपचारिक निर्णय

शुक्रबार, ११ कात्तिक २०७९, २० : ११
शुक्रबार, ११ कात्तिक २०७९

सत्ता गठबन्धनले रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री प्रभु साहलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनले आइतबार साझा उम्मेदवारको सूची सार्वजनिक गर्दै एमालेमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सघाउने औपचारिक जानकारी दिएको हो । 

साह नेकपा विभाजनपछि माओवादी छाडेर एमालेतिर लागेका थिए । अहिले माओवादीकै उम्मेदवारलाई ब्याक गराइएर उनलाई समर्थन गरिएको हो । सोही निर्वाचन क्षेत्रको प्रदेश क मा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादव साझा उम्मेदवार रहेका छन् भने ख मा कांग्रेसका सुनिल कुमार यादव उम्मेदवार रहेका छन् । 

यस्तै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल र २ मा उम्मेदवारबिहीन भएपछि गठबन्धनले जनमुक्ति पार्टीका केशव बहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप