भारतको विदेशी मुद्रा सञ्चितिमा रेकर्ड गिरावट
शनिबार, १२ कात्तिक २०७९, ०७ : ३१
भारतको विदेशी मुद्रा सञ्चिति फेरि घटेको छ । यो सातामा विदेशी मुद्रा सञ्चिति ३ अर्ब ८४ करोड डलरले घटेर ५२४.५२ अर्ब डलर पुगेको छ ।
यो जुलाई २०२० यताकै न्यून स्तर हो। अघिल्लो साता कूल विदेशी विनिमय सञ्चिति ४ अर्ब ५० करोड डलरले घटेर ५ खर्ब २८ अर्ब ३७ करोड डलरमा झरेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार विदेशी मुद्रा सञ्चिति घट्नुको मुख्य कारण विदेशी मुद्रा सम्पदामा आएको गिरावट हो। यस अवधिमा सुनको भण्डारमा पनि कमी आएको छ । अक्टोबर २०२१ मा देशको विदेशी मुद्रा सञ्चिति ६४५ अर्ब डलर पुगेको थियो ।