सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

शनिबार, १२ कात्तिक २०७९, ०९ : ४८
शनिबार, १२ कात्तिक २०७९

तुलसीपुरको मदनआश्रित चोकमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मजगैं निवासी २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए । 

गएराति पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका – ६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७ प १६२९ नम्बरको मोटरसाइकल पल्टिदा बस्नेत घाइते भएका थिए ।

घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप