सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा एक सय आठ मतदानस्थल अतिसंवेदनशील

शनिबार, १२ कात्तिक २०७९, १० : ४३
शनिबार, १२ कात्तिक २०७९

बाँकेमा  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तय भएका मतदान स्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ । जिल्लाका एक सय ३८ वटा मतदान स्थललाई दुई भागमा वर्गीकरण गरिएकोे निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिए  । 

उनका अनुसार निर्वाचनमा  सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकामा एक सय आठवटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील  रहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  एक सय ३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा एक सय ३८ मतदानस्थल बनाइएको  प्रमुख पन्तले बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप