आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा आज आठ खेल हुँदै

शनिबार, १२ कात्तिक २०७९, १२ : १४
शनिबार, १२ कात्तिक २०७९

प्रिमियर लिग फुटबल अन्तर्गत आज बिभिन्न आठ खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा साविकको विजेता टोली लेस्टर सिटीले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार साँझ ४:१५ मा सुरु हुनेछ । लेस्टरको घरेलु मैदानमा हुने खेलमा सिटी जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा छ ।

दोस्रो स्थानको सिटी ११ खेलबाट २६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको आर्सनलको २८ अंक छ । 

आज नै हुने अर्काे खेलमा टोटेनहमले बर्नमाउथसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुनेछ । यसै समयमा अन्य चार खेलहरु हुनेछ । जसमा चेल्सीले बर्नमाउथको समाना गर्दा न्युक्यासले एस्टन भिल्लालाई आतिथ्यता प्रदान गर्नेछ ।

त्यस्तै क्रिस्टल प्यालेस र साउथह्यम्टन प्रतिस्पर्धा गर्दा बर्नफोर्ड र उल्भ्स खेल्दैछन् । आज हुने अर्काे खेलमा फुलहम र एभर्टन राति १०:४५ मा खेल्नेछन् । राति १२:३० मा हुने खेलमा लिभरपुल र लिड्स युनाइटेड भिड्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप