आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लिड्ससँग लिभरपुलको हार

आइतबार, १३ कात्तिक २०७९, ०८ : ५९
आइतबार, १३ कात्तिक २०७९

लिभरपुलले प्रिमियर लिग फुटबलमा लिभरपुल हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग २–१ गोल अन्तरले हारेको हो ।

लिभरपुलको घरेलु मैदानमा खेलको चौथो मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई अग्रता दिलाए । खेलको १४ औं मिनेटमा मोहमद सलाहले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

खेलको ८९ औं मिनेटमा क्रिसेन्सियो समरभिल्लले गोल गर्दै लिड्सलाई २–१ को जित दिलाए । जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोडेर १५ औं स्थानमा छ । पराजित लिभरपुल १६ अंक जोडेर १६ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप