सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सलमानले छोडेका यी चलचित्र जसबाट बने शाहरुख र आमिर स्टार

सोमबार, १० पुस २०७४, १८ : ३६
सोमबार, १० पुस २०७४

मुम्बई – बलिउड अभिनेता सलमान खान २७ डिसेम्बरबाट ५२ बर्ष पुग्नेछन् । कयौं सुपरहिट चलचित्रका काम गरेका सलमान खान अभिनित ‘टाइगर जिन्दा है’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रले बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ ।

सलमानको जीवनलाई नजिकबाट नियाल्ने हो भने उनले कयौ सुपरिहट चलचित्र रिजेक्ट गरेको देख्न सकिन्छ । उनले रिजेक्ट गरेका चलचित्र शाहरुख र अमिरको भागमा परेको देख्न सकिन्छ । जुन चलचित्रबाट शाहरुख र आमिर स्टार समेत बन्न सफल भएका छन् ।
ति चलचित्र यस्ता रहेका छन् । 

बाजिगर :


१९९३ मा सलमान खानलाई बाजिगर चलचित्रको अफर गरिएको थियो । तर, उनले अफरलाई रिजेक्ट गरेका थिए । अब्बास मस्तानीको यो थ्रिलर चलचित्रमा मूख्य नायकको नेगेटिभ रोल रहेको थियो । पछि यो चलचित्रमा सलमानलाई अफर गरिएको भुमिका शाहरुखले निर्बाह गरे । चलचित्र ब्लकबस्टर साबित भयो ।

दिलवाले दुल्हनिया ले जाएगे :

१९९५मा प्रदर्शनमा आएको यो चलचित्र यशराज ब्यानरमा निर्माण भएकोे थियो । चलचित्र अभिनयका लागि पहिले सलमान खानलाई अफर गरिएको थियो । तर, सलमानले चलचित्र अभिनय गरेनन् । पछि यो चलचित्रमा शाहरुख खान फाइनल भए । यो चलचित्रले बलिउडमा एक अलग रेकर्ड समेत बनाउन सफल भयो ।

जोश :


२००० प्रदर्शनमा आएको चलचित्र जोश पहिले सलमानको भागमा परेको थियो । ब्यस्तताका कारणले सलमानले यो चलचित्रका लागि समय मिलाउन सकेनन् । त्यसैले पनि निर्माण युनिटले शाहरुखलाई लिएर चलचित्र पुरा गरे । सलमानले चलचित्र अभिनयमा ऐश्वर्याका भाईको भुमिका निर्बाह नगर्न चाहेका कारण पनि फिल्म छोडेको चर्चा पनि थियो । चलचित्र सुपरहिट साबित भयो । 

कल हो ना हो:


२००३ को चलचित्र ‘कल हो ना हो’को सैफअली खानको रोल पहिले सलमानको लागि दिइएको थियो । सो समय शाहरुख र सलमान बिच मनमुटाव रहेको थियो । त्यस कारणले पनि शाहरुख अभिनय रहने भनेर सफलमानले यो चलचित्र छोडेका थिए ।

चक दे इन्डिया :


२००७को चलचित्र चक दे इन्डिया सलमानले गर्ने तय भएको थियो । सुटिङको ब्यस्तताले सलमानले चलचित्रका लागि समय दिन सकेनन् । पछि शाहरुखका लागि चलचित्र दिइयो । चलचित्र हिट समेत भयो ।

गजनी :


२००८मा प्रदर्शित चलचित्र हो ‘गजनी’ । आमिर खान अभिनित यो चलचित्र पहिले सलमानको अफर गरिएको थियो । सलमानले यसको अफर रिजेक्ट गरेका थिए । यो चलचित्र पनि सुपरहिट भयो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप