आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिएम कप : दिपेन्द्रको शतकमा पुलिसको सहज जित

आइतबार, १३ कात्तिक २०७९, १६ : ४६
आइतबार, १३ कात्तिक २०७९

कप्तान दिपेन्द्र सिंह ऐरीको शतकीय पारीमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ । पुलिसले आइतबार भएको खेलमा प्रदेशलाई १९२ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा पुलिसले दिएको २९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले २८ ओभरमा अलआउट हुँदै मात्र ९७ रन बनायो । बागमतीका इशान पाण्डेले सर्वाधिक २४ रन बनाए । त्यस्तै रामनरेश गिरीले अविजित २२ बनाउँदा प्रतिस जिसीले १४ रन जोडे ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै करण केसी, गुलसन झा र सागर ढकालले दुई÷दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २८९ रन बनाएको थियो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले १०८ रनको शतकीय पारी खेले । ८२ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७–३७ रनको योगदान गरे । बागमतीका नन्दन यादवले दुई विकेट लिए ।

जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले पहिलो खेलबाट २ अंक जोडेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप