मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रसाईंको ‘एक बागी’ को विमोचन

आइतबार, १३ कात्तिक २०७९, १६ : ५६
आइतबार, १३ कात्तिक २०७९

लेखक उज्ज्वल प्रसाईंको एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष पुस्तक एक समारोहको आयोजना गरी विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री गगन थापा, पूर्वराजदूत महेश मास्के, डा. सविन निङ्लेखु, उषा श्रेष्ठ, लेखक उज्ज्वल प्रसाईले संयुक्त रूपमा सो कृतिको विमोचन गरे । 

कार्यक्रमा बोल्दै पूर्वमन्त्री गगन थापाले यो एक बागी पुस्तक जीवनीपरक कृति भएको र यसमा खगेन्द्र सङ्ग्रौलाको नेपाली समाजलाई हेर्ने दृष्टिकोण र सङ्घर्षबारे चर्चा गरिएको बताए । उनले भने– “कुनै समय खगेन्द्र सङ्ग्रौला वामपन्थी विचारधाराका व्यक्तित्व जस्तो लाग्थ्यो । उनबाट कांग्रेसीहरु टाढै रहनुपर्छ, मिसिनुहुँदैन भन्ने लाग्थ्यो । तर पछि त नेपाली समाज चिनाउने हाम्रा गुरु पो बने ।” उनले आफूहरुलाई प्रश्न गर्न सिकाउने काम उनले गरे र कतिपय प्रश्न आफैंलाई गर्न र कतिपय प्रश्न सङ्ग्रौलालाई पनि गर्न सकेको बताए । 

कार्यक्रमका मुख्य वक्ता डा. सविन निङ्लेखुले लेखक उज्ज्वलको लेखन शैली पाठकलाई प्रभावित पार्ने खालको भएको बताए । यसले आफूलाई पढ्न निकै उत्साहित बनाएको बताए । “बृहत् नेपाली आन्दोलन भन्ने अभियान छ, त्यो मध्येका एक हुन् खगेन्द्र सङ्ग्रौला । यो कृति उनको एउटा जीवनी हो र जीवनीभन्दा व्यापकता छ । यो आधुनिक राज्य र नेपाली समाजको इतिहासको महत्त्वपूर्ण दस्तावेज हो ।” खगेन्द्रको जीवनी लेख्ने क्रममा लेखक प्रसाईले आफ्नो जीवनमा विशेष राजनीतिक क्रान्तिको सिर्जना गरेको उनले बताए । 

अर्का वक्ता पूर्वराजदूत महेश मास्केले ३० को दशकमा नेपाली समाजमा भएका सबै सामाजिक र राजनीतिका कहिले किनारमा र कहिले मूल धारमा पातलो कागज लिएर कुदिरहने जोदाहका बारेमा यस कृतिमा उल्लेख रहेको बताए । यसमा तिनै लेखक सङ्ग्रौलाका बारेमा बाम वृत्तका घोर आलोचकदेखि समर्थकहरूको खोजी यस पुस्तकमा गरिएको उनले बताए । नेपाली समाजले छिचोलेको अक्करिलो बाटोबारे यस पुस्तकमा पाइने बताए । 
कार्यक्रममा उषा श्रेष्ठ र उज्ज्वल प्रसाईले पनि आफ्नो धारणा व्यक्त गरेको थिए । 

कार्यक्रममा कुमार नगरकोटी, विमल निभा, गोविन्द गिरी प्रेरणा, हरि अधिकारी, अभि सुवेदी, नारायण वाग्ले, भोगीराज चाम्लिङ, जया छाङ्छा लगायत विशिष्ट साहित्यिक, राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरुको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप