आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछानेविरुद्ध सोमबार मुद्दा दर्ता हुँदै

आइतबार, १३ कात्तिक २०७९, १९ : ४५
आइतबार, १३ कात्तिक २०७९

बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो ।

२० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । उनीसँग प्रहरीले बयानसमेत लिइसकेको छ । प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप